खाद्य प्रबिधि तथा गुण नियन्त्रण विभाग डिभिजन कार्यालय काठमाडौँद्वारा तारकेस्वर नगरपालिकामा “खाध्य स्वच्छता सम्बन्धि तीनदिने आधारभूत तालिम संचालन”

Health-Education

खाद्य पदार्थमा शुद्धता, हामी सबैको प्रतिवद्धता भन्ने मूल नाराका साथ तारकेस्वर नगरपालिकास्थित विभिन्न होटेल , रेस्टुरेन्ट संचालकहरुलाई “खाद्य स्वच्छता सम्बन्धि तीनदिने आधारभूत तालिम” खाद्य प्रबिधि तथा गुण नियन्त्रण विभाग डिभिजन कार्यालय, काठमाडौँले संचालन गरेको छ । व्यवस्तित तरिकाले सरसफाई गर्ने , स्वच्छ पानी तथा खाध्यवस्तु मात्र प्रयोग गर्ने , राम्ररी पकाउने , पकाएको र नपकाएको खाध्यवस्तुलाई छुट्टा छुट्टै स्थानमा राख्ने तथा खानालाई सुरक्षित तापक्रममा राखी सम्रक्षन गर्ने लगायत ५ संदेशमा आधारित कार्यपत्र तालिमका अवसरमा पेश गरिएको थियो।

साथै होटेल तथा रेस्टुरेन्टहरुमा खाध्य स्वच्छताका आधारमा लोगो स्तरीकरण मापदण्डका पचास बुंदाहरुका बारेमा पनि छलफल गरिएको थियो। तालिममा २५ होटलका ४५ जना सहभागीहरुको उत्साहजनक उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा खाध्य प्रबिधि तथा गुण नियन्त्रण विभागका वरिस्ठ खाद्य अनुसन्धान अधिकृत श्री सुमन धिताल तथा खाद्य प्रबिधि तथा गुण नियन्त्रण विभाग डिभिजन कार्यालय, काठमाडौँका कार्यालय प्रमुख श्री श्रीराम न्यौपाने लगायतले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। तालिम कार्यक्रमको आयोजना खाध्य प्रबिधि तथा गुण नियन्त्रण विभाग डिभिजन कार्यालय, काठमाडौँले गरेको थियो। खाद्य प्रबिधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक श्री उपेन्द्र राय कार्यक्रमका मुख्य अतिथि थिए। विभागबाट आउनुभएका अन्य अतिथिज्युहरुले पनि कार्यक्रमका अवसरमा आ-आफ्नो मन्तव्य राख्नुभएको थियो। साथै सो अवसरमा तार्केस्वर होटेल व्यवसायी संघका अध्यक्ष श्री राजु फुंयाल र होटेल व्यवसायी श्री सुभाष नागिलाज्युले यस प्रकारका तालिमले धेरै ज्ञान प्रदान गरेको र सु-सुचित बनाएको जानकारी गराउनुभयो। खाद्य प्रबिधि तथा गुण नियन्त्रण विभाग डिभिजन कार्यालय, काठमाडौँका कार्यालय प्रमुख श्री श्रीराम न्यौपानेले मन्तब्य सहित कार्यक्रमको समापन गर्नुभएको थियो।