शहीदको बलिदानीपूर्ण सङ्घर्षको मार्गदर्शनबाट समृद्ध देश निर्माण गरिने : प्रम

News

प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक व्यवस्थालाई सुदृढ गरी नेपाललाई ‘समृद्ध र नेपालीलाई सुखी’ बनाउने बताउनुभएको छ । शहीदको बलिदानीपूर्ण संघर्षको मार्गदर्शनबाट समृद्ध देश निर्माण गरी जनतालाई सुखी बनाउँदै राष्ट्रिय आकांक्षा पूरा गर्ने गन्तव्य सरकारले तय गरेको उहाँको भनाइ छ ।

शहीद दिवसको अवसरमा सन्देश दिँदै प्रधानमन्त्री ओलीले स्थीर राजनीतिमा व्यवधान पैदा गर्दै मुलुकको विकास र समृद्धिको आकांक्षाविरुद्ध खडा गरिएका चुनौतीलाई सबैले एकजुट भएर पराजित गर्नुपर्ने बताउनुभएको छ ।