भागरथी हत्याका अभियुक्त दिनेश भट्टलाई ५ दिनको म्याद थप

Crime

काठमाडौं । भागरथी भट्टको बलात्कारपछि हत्या प्रकरणमा प्रहरीले सर्वाजनिक गरेको अभियुक्त दिनेश भट्टलाई जिल्ला अदालत बैतडीले ५ दिनको म्याद थप गरेको छ ।

मंगलवार पक्राउ परेका अभियुक्त दिनेशले प्रहरीमा आफूले नै उनको बलात्कारपछि हत्या गरेको बयान दिएसँगै आज दिउँसो प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो ।

अभियुक्त भट्टलाई जबर्जस्ती करणी र कर्तव्य ज्यान मुद्धामा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिइएको सुदुर पश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीले बताएका छन् ।

विभिन्न अनुसन्धान पछि अभियुक्त भट्टले आफूले पारिवारिक रिसीबीको कारण भागरथीको हत्या गरेको बयान दिएका थिए ।

माघ २५ गतेदेखि घटनास्थलमा रहेका सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डिआइजी उत्तम सुवेदी, संघीय प्रहरी कार्यालयका एसएसपी जनकराज पाण्डे, सिआइबीका डिएसपी पञ्चकुमार बाकु सहितको टोलीले अभियुक्तलाई अहिले केहिबेरअघि सार्वजनिक गरिएको हो ।

गत माघ २१ गते विद्यालयबाट घर फर्कँदै गरेकी उनको बलात्कारपछि हत्या भएको थियो । उनको शव भोलिपल्ट स्थानीय लवलेक जंगलमा भित्री सडक हुँदै भट्टको घर जाने बाटोमा पर्ने लवलेक सामुदायिक वनमा सडकबाट ५० मिटर तल भेटिएको थियो ।