सर्वोच्चले देशलाई राजनीतिक संकटको अँध्यारो सुरुङतिर जानबाट जोगायो : प्रवक्ता श्रेष्ठ

Politics

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालतले देशलाई राजनीतिक संकटको अँध्यारो सुरुङतिर जानबाट जोगाएको प्रतिक्रिया दिनुभएको छ ।

सर्वोच्चले मंगलबार प्रतिनिधिसभा विघटन गर्ने निर्णय बदर गरी प्रतिनिधि सभा पुनःस्थापना गर्ने निर्णय गरेसँगै संविधानले दिएको ऐतिहासिक जिम्मेवारीलाई गहिरोसँग बोध गरेको बताउनुभएको हो । त्यस्तै उहाँले सर्वोच्च अदालतले संविधान र लोकतन्त्रको रक्षा गर्ने काम गरेको पनि बताउनुभएको छ ।