नेकपा दाहाल-नेपाल समूहले आफू निकट सांसदहरुलाई छलफलका लागि बोलाएको छ । सर्वोच्च अदालतबाट प्रतिनिधिसभा विघटन गर्ने सरकारको असंवैधानिक निणर्यलाई बदर गरेसँगै दाहाल-नेपाल पक्ष छलफलमा जुटेको हो ।
प्रतिनिधिसभा पुनर्स्थापनापछि आगामी रणनीति तय गर्न छलफलका लागि सांसदहरुलाई बोलाइएको प्रमुख सचेतक देव गुरुङले जानकारी दिए ।
बैठक आज दिउँसो ४ बजे पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको छ । बैठकका लागि प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट प्रतिनिधित्व गर्ने सांसदहरुलाई उपस्थित हुन आह्वान गरिएको छ । नेकपाका दुवै पक्षका गरी १ सय ७३ सांसद छन् ।