ग्यालेक्सी टिभी सञ्चालनमा, यस्ता छन् प्रसारण हुने मुख्य कार्यक्रम

News

सञ्चारकर्मी रवि लामिछाने लगायतले नयाँ टेलिभिजन च्यानल ल्याएका छन्। लामिछाने च्यानलका म्यानेजिङ डाइरेक्टर छन्। उक्त टिभीको नाम ‘ग्यालेक्सी फोरके’ हो।

नेपालमा पहिलो फोरके टिभी आफूहरूले ल्याएको लामिछानेले बताए। मंगलबार काठमाडौंमा एक कार्यक्रम गरी लामिछानेले नेपालमा एक सञ्चार माध्यम थप भएको बताए।

जनताका आवाजलाई प्राथमिकता दिने र मनोरञ्जनात्मक कार्यक्रम दिन टेलिभिजन ल्याइएको उनको भनाइ छ।

ग्यालेक्सीमा आउने मुख्य कार्यक्रम र प्रस्तोता यसप्रकार छन्ः

क्राइम पेट्रोल नेपाल- दीपकराज गिरी

को बन्छ करोडपति- राजेश हमाल

सारेगम लिटिल च्याम्प्स- इन्दिरा जोशी, कालीप्रसाद बाँस्कोटा

कामका कुरा- रवि लामिछाने

आविष्कार- महावीर पुन

फरएभर- नवराज पराजुली

लाल मोहर- रमेश प्रसाईं।

यी बाहेक नेपाली भाषाको रामायण, द लिडर, लगायत कार्यक्रम प्रसारण हुनेछन्।