कमेडी च्याम्पियन सिजन २ सुरु हुँदै

Entertainment

‘कमेडी च्याम्पियन सिजन–२’ यही फागुन २१ देखि प्रसारणमा आउने भएको छ । बुधबार काठमाडौं आयोजित एक कार्यक्रमका बीच शोको औपचारिक घोषणा गरिएको हो । शो कान्तिपुर टेलिभिजन र रेडियो कान्तिपुरबाट प्रसारण हुँदैछ ।

कान्तिपुर टिभीबाट प्रसारण हुने कार्यक्रमका लागि बुधबार टिभीका चिफ मार्केटिङ्ग अफिसर गौरीशंकर दाहाल र एडी रिलिजका प्रबन्ध निर्देशक हरि सुवेदीले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

‘कमेडी च्याम्पियन–२’ का लागि देश तथा विदेशबाट ६ हजार भन्दा बढी डिजिटल अडिसन प्राप्त भएको थियो । ६ हजार मध्ये १ सय ८० प्रतियोगीलाई काठमाडौं बोलाएर फिजिकल अडिसन गरिएको आयोजकले जनाएको छ । त्यसमध्ये उत्कृष्ट २४ प्रतियोगीहरु छनोट भएका छन् ।

कमेडी च्याम्पियनका निर्णायकहरुमा गत वर्षकै सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा निरन्तरता पाएका छन् । रीमा विश्वकमाले उद्घोषण गर्ने कार्यक्रमको निर्मातामा अभिनेत्री केकी अधिकारी, विशाल भण्डारी, रीमा विश्वकर्मा र राज घिमिरे रहेका छन् ।