प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री ओलीले बिहीवार साँझ शीतल निवास पुगेर राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका हुन्। सर्वोच्च अदालतको फैसलापछि ओलीको राष्ट्रपतिसँगको यो पहिलो भेट हो। राष्ट्रपति भण्डारीका राजनीतिक सल्लाहकार लालबाबु यादवले राष्ट्रपति र प्रधानमन्त्रीबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको बताए।
सर्वोच्च अदालतले १३ दिनभित्र संसद बैठक बोलाउन सरकारलाई निर्देशन दिएको छ। सरकारले सर्वोच्चको फैसलाअनुसार नै संसद बैठक बोलाउने प्रतिबद्धता पनि जनाइसकेको छ।