‘काकाले बलात्कार गरे, मलाई बचाउनुहोस्’ : साँखुबाट किशोरीको याचना

Crime

साँखु घर भएकी १८ वर्षीया किशोरीले सामाजिक संजाल (फेसबुक)बाट आफुलाई काकाले बलात्कार गरेको र मलाई बचाउनुहोस् भन्दै सहयोगको याचना गरेकी छिन् । उनले आफ्नै काकाले उनलाई बलात्कार गरेको आरोप लगाएकी छिन् ।

एक वर्ष पहिले आफ्नै काकाले दुई पटक बलात्कार गरेको र कसैलाई केही भने बुबालाई मार्ने धम्की दिएको आरोप उनले लगाएकी छिन् ।बलात्कार आरोपीले उनलाई आफूसँगै फिनल्यान्ड लैजान लागेको र आफू जान नचाहेको उनले बताएकी छिन् ।

घटनाबारे प्रहरीले अनुसन्धान शुरु गरेको छ ।