नख्खु दुर्घटना : सहमति नजुटेपछि भोलि पनि विद्यार्थीले कोटेश्वर चोकमा विरोध गर्ने

News

कलेज जान लागेकी १९ वर्षीया अञ्जु दाहालको जीपको ठक्करबाट आज बुधवार बिहान ज्यान गएको घटनामा सहमति नजुटेका कारण विद्यार्थीले कोटेश्वर चोकमा विरोध प्रदर्शनलाई निरन्तरता दिने भएका छन् ।

चालकको लापरवाहीका कारण अञ्जुको मृत्यु भएको भन्दै दोषीलाई कारबाहीको माग गर्दै विद्यार्थीले आज पनि सडकमा उत्रेर सवारी आवागमन अवरुद्ध गर्दै आक्रोश पोखेका थिए ।

बिहान सवा ५ बजे कलेज जाने क्रममा बाटो पार गर्दै गरेकी दाहाललाई स १ ज ५६७ नम्बरको जिपले ठक्कर दिएको थियो । दुर्घटनालगत्तै पाटन अस्पताल लगिएकी उनको अस्पतालमै मृत्यु भएको थियो ।

उनको मृत्यु भएको खबर लगत्तै कोटेश्वर मल्टिपल क्याम्पसका विद्यार्थीले जावलाखेलमा सडक अवरुद्ध पारेका हुन् ।