प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक हुने भएका छन् । सरकार र विप्लव समूहबीच तीनबुँदे सहमति भएपछि उनी सार्वजनिक हुन लागेका हुन् ।
भोलि दिउँसो २ बजे हुने विशेष समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले सम्बधोन गर्नेछन् ।