विवाह गर्छु भन्दै किशोरीलाई पटकपटक बलात्कार

Crime

फागुन ११ गतेदेखि १४ गतेसम्म मध्यपुरथिमि नगरपालिका–३ कौशलटारस्थित आफ्नै कोठामा ल्याएर एक १७ वर्षीया किशोरीलाई पटकपटक बलात्कार गरेको अभियोगमा प्रहरीले सिराहा धनगढी नगरपालिका–४ सन्तनगरका २७ वर्षीय दुर्गानन्द चौधरीलाई पक्राउ गरेको छ ।

पीडित उदयपुर गाईघाटकी वर्ष १७ की किशोरीलाई विभिन्न प्रलोभनमा पारी विवाह गर्छु भन्दै कोठामा ल्याई जबर्जस्ती करणी गरेको पीडित किशोरीले यही २१ गते जाहेरी दिएपछि प्रहरीले चौधरीलाई कौशल्टारस्थित कोठाबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ।

प्रहरीले आज भक्तपुर जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान र कारवाही अगाडि बढाएको छ।