नेपाली काङ्ग्रेसका सभापति शेरवहादुर देउवाले अहिले काङ्ग्रेस प्रधानमन्त्री पदका लागि भन्दा पनि पार्टी बनाउन लाग्नुपर्ने समय आएको बताउनु भएको छ ।
नेपाली काङ्ग्रेस तरुण विभागले चितवनको रत्ननगरमा आयोजना गरेको युवा तरुण जागरण भेलालाई सम्बोधन गर्दै उहाँले टाउकोमा जिम्मेवारी आएको खण्डमा पछि नहट्ने तर प्रधानमन्त्रीका लागि दौडधुप नगर्ने बताउनुभयो । मधेशवादी दल, माओवादी केन्द्र र नेकपा एमालेका ओली र नेपाल पक्ष के कसरी अगाडि बढ्छन भन्ने कुराम आगामी राजनीतिक रणनीति लिइने सभापति देउवाको भनाइ छ ।
कार्यक्रममा कांग्रेसका अरु नेताहरुले पनि सम्बोधन गर्नुभएको थियो ।