एमाले केन्द्रीय कमिटी महाधिवेशन आयोजक कमिटीमा परिणत

Politics

काठमाडौं– नेकपा एमालेले केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा परिणत गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको केन्द्रीय कमिटी बैठकले २०७८ साल मंसिर २६ गते हुने दसौं महाधिवेशन सम्पन्न   गर्न  केन्द्रीय कमिटीलाई नै महाधिवेशन आयोजक कमिटीमा परिणत गर्ने निर्णय गरेको हो । अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेल नै कायम हुनुभएको छ । ‘अध्यक्ष पदाधिकारी, स्थायी कमिटीसहित नेताहरुको कार्यविभाजन प्रस्ताव गर्न संगठन विभाग प्रमुख विष्णु पौडेल, जनसंगठन ईञ्चार्ज टोपबहादुर रायमाझी र शंकर पोखरेल रहेको कार्यदल गठन गरिएको छ,’ बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले भन्नुभयो । एमालेले सबै मातहतका कमिटी, भ्रातृ संस्था र संगठनलाई समयमै अधिवेशन सम्पन्न गर्न निर्देशन दिएको छ ।