काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले धेरै वर्ष पहिले नै जात त्यागेको बताउनुभएको छ ।
अन्तर्राष्ट्रिय विभेद उन्मुलन दिवसका अवसरमा काठमाडौंमा आइतबार भएको कार्यक्रममा उहाँले जात त्यागेर नै आफूले आफ्नो नाम पुष्पकमल दाहालबाट प्रचण्ड रुपान्तरण गरेको बताउनुभयो । ‘प्रचण्ड भनेको जात होइन,’ उहाँले भन्नुभयो, ‘प्रचण्डभित्र दलित, महिला, उत्पीडित, पूर्वेली, पश्चिमेली सबै छ ।’
दाहालले आफूले दलित नेताबाटै कम्युनिस्ट सदस्यता लिएको स्मरणसमेत गर्नुभयो ।
माओवादी विद्रोहमा दलितहरु सवैभन्दा बढी सम्मानित भएको बताउँदै दाहालले परिवर्तन रक्षाका लागि सदैव लड्ने उल्लेख गर्नुभयो ।