अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प सामाजिक सञ्जालमा फर्किने तयारी गर्दैछन् ।
तर यो पटक उनले आफ्नै सामाजिक सञ्जाल प्लेटफर्म लञ्च गर्ने तयारी थालेका छन् ।
ट्रम्प सामाजिक सञ्जालमा फर्किने कुराको जानकारी ट्रम्पका पुराना सल्लाहाकार र प्रवक्ता जेसन मिलरले दिएका हुन् ।
फक्स न्यूजसंग कुराकानीको क्रममा ट्रम्प आगामी दुई–तीन महिनामा सामाजिक सञ्जालमा फकिर्न सक्ने मिलरले बताएका हुन् ।
सामाजिक सञ्जालमा फर्किनका लागि उक्त प्लेटफर्म पनि स्वंय ट्रम्पको नै हुने पनि उनले बताए ।
आगामी दिनमा ट्रम्पको उक्त सामाजिक सञ्जाल प्लेटफर्म गेम चेञ्जर प्रमाणित हुने पनि मिलरले बताए ।
यद्यपि मिलरले यस बारेमा अरु थप जानकारी दिएका छैनन् ।
अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प अहिले सामाजिक सञ्जालमा छैनन् ।
सन् २०२१ को जनवरी ६ मा अमेरिकाको राजधानीमा हिंसा भड्काएको आरोप ट्रम्पमाथि लागेको थियो ।
त्यसपछि ट्विटर र फेसबुकले उनको अकाउन्ट सधैंका लागि सस्पेन्ड गरि दिएको थियो ।
अमेरिकाको राजधानीमा भड्केको उक्त हिंसामा परि प्रहरी सहित पाँच जना मानिसले ज्यान गुमाएका थिए ।