कलाकार दीपाश्री निरौला र सरोज खनालको फेसबुक अकाउन्ट ह्याक, ह्याकरले मागे एक लाख फिराैती

News

कलाकार सरोज खनाल र दीपाश्री निरौलाको फेसबुक अकाउन्ट ह्याक भएको छ । फेसबुक अकाउन्ट ह्याक गरी एक लाख रुपैंया माग गरिएकाे छ ।

फेसबुक अकाउन्ट ह्याक भएकाे जानकारी दिँदै निरौलाले टेकपानसँग भनिन, ‘मलाई सुरुमा कलाकार सरोज खनालको नामबाट बहिनी कता छौ ? एउटा कुरा गर्नुछ भनेर म्यासेज आयो । त्यसपछि मलाई मोबाइलमा आएको कोड पठाउन भनियाे । मैले उक्त कोड पठाएँ । त्यसको एकछिनपछि मेरो फेसबुक अकाउन्ट ह्याक भइसकेको रहेछ ।’

‘मेरो फेसबुक ह्याक गरी सुमन गिरी (भान्जा) लाई एक लाख रुपैयाँ उपलब्ध गराउन आग्रह गरिएको रहेछ,’ निरौलाले भनिन्, ‘उसले भान्जालाई मेरो भाइ बिरामी भएकाले पैसा दिन आग्रह गरेको थियाे ।’

उनले अगाडि भनिन्, ‘मेरो फेसबुकबाट त्यस्तो म्यासेज गएपछि भान्जाले डिटेल माग्न मलाई फोन गरे । त्यो भएसँगै मेराे र सरोज दाइ दुवैको फेसबुक अकाउन्ट ह्याक भएको थाहा भयो । अहिले यसैको उजुरी दिन म साइबर ब्युरोमा आइपुगेकी छु ।’