दोस्रो लहर रोकथाम गर्न सरकारले गर्नुपर्ने ५ वटा काम र नागरिकले गर्नुपर्ने एउटा काम

Health-Education

भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण बढ्दै गइरहेको छ । भारतमा संक्रमितको संख्या बढ्दै जाँदा नेपालमा पनि संक्रमणको जोखिम देखिएको छ ।

त्यसैले हामिले फेरि पनि स्वास्थ्यका मापदण्डहरु मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने, भीडभाड नगर्ने, नियमित साबुनपानीले हात धुने लगायतका सावधानि अपनाउन जरुरी छ ।

यसैबीच नेपालमा कोरोनाभाइरसको संक्रमण र खोप वारे विभिन्न जानकारी दिदै आइरहेका डा. रवीन्द्र पाण्डेले नेपालमा कोरोनाको दोस्रो लहर रोकथाम गर्न सरकार र नागरिकले गर्नुपर्ने कामहरु बारे जानकारी दिएका छन् ।

कोरोना महामारीको कारण नेपालमा लकडाउन भएको आज १ बर्ष पुरा भएको छ । बिगत १ बर्ष हाम्रो लागि निकै प्रत्युत्पादक बन्यो । सरकार तथा आम नागरिकको लागि यो स्तरको महामारी पहिलो अनुभव थियो।

सरकार र नागरिक दुबैले यो अबधिमा धेरै कुरा सिकेका छौं, अनुभव हासिल गरेका छौं । त्यहि सिकाइ र अनुभवलाई दोस्रो लहर रोकथामको लागि सरकारले ५ वटा काम युद्धस्तरमा गर्नुपर्दछ ।

१. सिमा नाका तथा विमानस्थलमा चेकजांच कडाइ गर्ने, परीक्षण गर्ने, संक्रमित व्यक्तिलाई आइसोलेसनमा राख्ने, शंकास्पद व्यक्तिलाई क्वारेन्टिनमा राख्ने तथा अन्य व्यक्तिलाई होम क्वारेन्टिनमा बस्ने गरि घर पठाउने ।
२. कन्ट्याक्ट ट्रेसिंगलाई चुस्त र प्रभावकारी बनाउने ।
३. जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गराउने, त्यसको निगरानी तथा अनुगमन गर्ने ।
४. भारत, चीन, रुस, बेलायत, अमेरिका लगायतका देशसंग उच्चस्तरबाट पहल गरेर पुग्ने खोपको प्रबन्ध गर्ने ।
५. लकडाउन तथा निषेधाज्ञा नगर्ने बातावरण मिलाउने।

आम नागरिकले एउटा काम अनिबार्य गर्नुपर्दछ।

१. जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्ने (सहि तरिकाले नाकमुख छोप्ने गरि मास्क लगाउने, भौतिक दुरी कायम गर्ने, हात धुने / स्यानिटाइज गर्ने, खुला तथा भेन्टिलेसन भएको ठाउँमा मात्र भेटघाट गर्ने, भ्रम र हल्लाको पछि नलाग्ने, धेरै डर नमान्ने तथा सरकारले जारी गरेका निर्देशिका पालना गर्ने)।