आईफोन मगाएको, आइपुग्यो टेबुल

Interesting

मलेसियामा एक व्यक्तिले आइफोनको अर्डर दिए तर उनलाई फोनको साटो टेबुल दिइयो । कम्पनीले पठाएको टेबुल ठ्याक्कै आईफोन जस्तै छ ।

एक युवकले ई–कमसै वेबसाइटमा एकदमै कम मूल्य देखेर आईफोन अर्डर गरे तर प्रोडक्ट डिस्क्रिप्सन राम्ररी हेरेनन् । आईफोन भन्ठानेर उनले आईफोन जस्तो देखिने टेबुल अर्डर गरेछन् ।

डेलिभरीपछि सामान खोल्दा त मानिसको जत्रो लम्बाइ भएको टेबुल पाए ।

टेबुलसँग उनले चारवटा खुट्टा पनि पाएका छन् । त्यसको डिजाइन आईफोन ६एस जस्तै छ । टच आईडी समेत छ ।

मूर्ख बनेका युवकको भिडियो भाइरल भइरहेको छ ।