धेरै कमाउने सुचीमा काे कुन स्थानमा ?

Entertainment

प्रतिष्ठित पत्रिका फोर्ब्सले भारतको शीर्ष १०० सेलेब्सको सूची जारी गरेकाे छ । यस सूचीमा क्रिकेटर विराट कोहलीले पहिलो स्थान पाएका छन् । गत वर्ष सलमान खान यस सूचीकाे शीर्ष स्थानमा थिए । यो सूची कुनै पनि सेलिब्रेटीको व्यावसायिक क्यारियर, सोसल मिडिया ब्रान्ड र उद्योगमा उनीहरूको सफलता दरकाे आधारमा राखिन्छ ।

ब्याक टु ब्याक सफलताहरूको कारण अक्षय कुमारको जबरजस्त ब्रान्ड बढेको छ । यही कारण हो कि अक्षयले यस सूचीमा सबै बलिउड स्टारहरूलाई हराउन सफल भएका छन् । गत वर्ष अक्षय कुमार तेस्रो स्थानमा थिए तर यस वर्ष उनी २९३.२५ करोड कमाईकाे साथमा दोस्रो स्थानमा पुगेका छन् ।

यस सूचीमा सलमान खान तेस्रो स्थानमा खसेका छन् । गत बर्ष उनी यससूचीकाे शीर्ष स्थानमा थिए भने कोहली दोस्रो स्थानमा थिए । यस वर्ष कोहली २५२.७२ करोडको कमाईबाट सलमानलाई पछि पार्दै पहिलो स्थानमा पुगेका छन । यस वर्ष दुई फिल्ममा काम गरेका सलमान २२९.२५ करोड रूपैयाँ कमाउँदै तेस्रो स्थानमा खसेका छन् ।

त्यस्तै २३९.२५ करोड कमाएका अमिताभ बच्चन चाैथाे स्थानमा उक्लिन सफल भएका छन् । र पाँचाै स्थानमा १२४.३८ कराेड कमाउँदै शाहरुख खान छन् ।