स्वास्थ्य मन्त्रालयको १० बुंदे निर्देशन, राति ९ बजेपछि ब्यबसाय बन्द

Health-Education

काठमाडौं । कोरोना भाइरसको जोखिम बढेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज १० बुंदे निर्देशन जारी गरेको छ।

मन्त्रालयले रात्रिकालीन व्यवसायहरू रेष्टुरेष्ट, होटेल लगायत ९ बजेपछि बन्द गर्न निर्देशन दिएको छ। त्यस्तै मन्त्रालयले बाहिर निस्किंदा अनिवार्यरुपमा मास्कको प्रयोग गर्न निर्देशन दिएको छ । मन्त्रालयले ठूला सहरमा ५ सय र साना सहरहरूमा एक सय भन्दा बढी सक्रिय सङ्क्रमित देखिएको खण्डमा आवागमनमा कडाइ गर्न निर्देशन समेत दिएको छ।

यसैगरी धेरै भिडभाड हुने ठाउँहरु शपिङ मल, नाचघर, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, मन्दिर लगायतका भीडभाड हुने धार्मिक क्षेत्रमा जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्नुपर्ने जनाएको छ।

त्यस्तै कन्ट्रयाक ट्रेसिङ बढाउन तथा केस इन्भेस्टिगेसनका लागि एन्टीजेन्ट तथा आवश्यक्ता अनुसार पीसीआर परीक्षण बढाउनका लागि स्वास्थ्य तथा स्थानीय तहहरुलाई आग्रह गरेको छ।