कोरोना सङ्क्रमणको दोस्रो जोखिमबाट नागरिकलाई बचाउन सरकारले कार्ययोजना सार्वजनिक गर्ने

Health-Education

सरकारले कोरोना भाइरस सङ्क्रमणको दोस्रो जोखिमबाट नागरिकलाई बचाउन कार्य योजना छिट्टै सार्वजनिक गर्ने भएको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरुङले कोरोना भाइरस सङ्क्रमणको जोखिमबाट बचाउने कार्य योजना छिट्टै सार्वजनिक गरिने बताउनु भएको हो। कस्तो आचारसंहिता, मापदण्ड अपनाउने भन्ने छलफल गरी चाँडै योजना सार्वजनिक गर्ने मन्त्री गुरुङले बताउनुभयो । बैठकले विदेशमा बस्ने नेपाली समुदाय, ती समुदायका लागि काम गरिरहेका संस्था वा नेपाली पाठ्यक्रममा शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्न चाहने संस्थाले माध्यमिक तहसम्मको पठन पाठनको अनुमति मागेमा सर्त तोकी अनुमति दिन सक्ने निर्णय समेत गरेको छ ।त्यस्तै सरकारले राष्ट्रपति चुरे क्षेत्र संरक्षण विकासको अध्यक्षमा डा किरण पौडेललाई नियुक्त गरेको छ । यसैगरी दोलखामा कमला वली सिवाकोटी, महोत्तरीका शशीकुमार शर्मा, काठमाडौंका सुमित ढकाल र कपिलवस्तुका भेषराज आर्चायलाई सदस्य पदमा नियुक्ति गर्ने निर्णय सरकारले गरेको छ । बैठकले विज्ञापनको बोर्डको अध्यक्षमा लक्ष्मण हुमागाईलाई नियुक्त गरेको छ ।