महाकुम्भ मेला भर्न भारतको हरिद्वार पुगेका पूर्व राजा ज्ञानेन्द्रले अब हामीले धर्म बचाउनुपर्ने बेला आएको बताएका छन्। ‘अब हामीले हाम्रो धर्म बचाउनु छ, हाम्रो संस्कृतिको रक्षा गर्नु छ, हाम्रा मठ मन्दिर, देवस्थल र धामहरुको विकास गर्नु छ । हाम्रा गंगा नद नदीहरुको प्रवाह स्वच्छ पार्नुछ। भगवान रामले भन्नुभएको थियो अपि स्वर्ण मणि लंका न मे लक्ष्मण रोचति जननी जन्मभूमिश्च स्वर्गादपी गरीयसी भन्ने सद्युक्तिको ख्याल हामीले राख्नैपर्छ,’ पूर्वराजा ज्ञानेन्द्रद्वारा जारी विज्ञप्तिमा भनिएको छ।


