मोडल क्रिस्टिना थापाले पनि नेपाली बजारमा फस्टाउँदै गएको ई–कमर्स व्यवसायमा भविष्य देखेर लकडाउनको समयमा सञ्चालनमा ल्याएको ‘फुडगन्ज’ ले यतिबेला ग्राहकको विश्वास जितिरहेको छ । ‘फुडगन्ज’ ले बिहान ७ बजेदेखि रातको ३ बजेसम्म (२० घण्टा) राजधानीका २ सयभन्दा बढी होटल तथा रेस्टुरेन्टको भान्सामा पाक्ने खानेकुराहरु ग्राहकको घरसम्म पुर्याउने गरेको छ ।
छोटो समयमै ग्राहकको विश्वास जितेको ‘फुडगन्ज’ सँग गायिका तथा मोडल ज्योति मगर पनि जोडिएकी छन्। शनिबार ‘फुडगन्ज’ को डेलिभरी राइडरको रुपमा अर्डर अनुसारको खानेकुरा बोकेर उनी ग्राहकको घरसम्मै पुगेकी थिइन्। गायिका मगरको हातबाट डेलिभरी सेवा पाउँदा ग्राहकहरु सरप्राइज भएका थिए । उनले खानेकुरा अर्डर गर्ने ग्राहकहरुलाई ‘फुडगन्ज’ को तर्फबाट गिफ्ट ह्याम्पर पनि प्रदान गरेकी थिइन् ।
गायिका मगरले फुड डेलिभरीको अनुभव आफ्नो लागि नौलो रहेको बताइन् । कोभिडको समयमा सुरक्षित र सहज तरिकाले ‘फुडगन्ज’ ले सेवा प्रदान गरेकोमा उनले खुसी व्यक्त गरिन् । उनले भनिन्, ‘अनलाइनबाटै अर्डर र पेमेन्ट हुने भएकाले मानिसहरुको समयको पनि बचत हुन्छ । कोभिडको समयमा सुरक्षित रुपमा आफूले चाहेको जस्तो खानेकुरा पनि खान पाइन्छ । ‘फुडगन्ज’ ले एक हिसाबले पून्यको काम नै गरेको छ ।’
‘फुडगन्ज’ ले अहिले काठमाडौं, ललितपुर र भक्तपुरमा सेवा प्रदान गर्दै आएको छ । चाँडै राजधानी बाहिर पनि ‘फुडगन्ज’ को शाखा खोल्ने तयारी भइरहेको सिइओ थापाले बताइन् ।
एन्ड्रोइड प्रयोगकर्ताले प्ले स्टोर र आइ.ओ.एस प्रयोगकर्ताले एप स्टोरबाट ‘फुडगन्ज’ डाउनलोड गरेर आफूलाई मन लागेको खानेकुराहरु अर्डर गर्न सक्ने संस्थाकी सिइओ क्रिस्टिनाले बताइन्। उनका अनुसार, आधा घण्टामा ग्राहकको अर्डर अनुसारको खानेकुरा घरसम्म पुर्याइनेछ।
‘फुडगन्ज’ ले पुलचोक र लाजिम्पाटमा आफ्नै किचेन समेत सञ्चालनमा ल्याएको छ, जसबाट ग्राहकले सस्तो र हाइजिनिक खानेकुरा पाउनेछन्, ‘फुडगन्ज’ ले पुलचोक र लाजिम्पाटमा आफ्नै किचेन समेत सञ्चालनमा ल्याएको छ, जसबाट ग्राहकले सस्तो र हाइजिनिक खानेकुरा पाउनेछन् ।