मदनकृष्ण श्रेष्ठलाइ कोरोना संक्रमण

Health-Education

चर्चित कलाकार मदनकृष्ण श्रेष्ठ सहित उनका परिवारका पाँच जनामा सोमबार कोरोना संक्रमण पुष्टि भएको छ । श्रेष्ठले आफूसहित परिवारका सदस्यहरू छोरा, छोरी, बुहारी र नातिनी पाँचै जनालाई संक्रमण देखिएको फेसबुकमार्फत् जानकारी गराएका छन्।

उनले कोरोना लागेपछि सास्ती हुने उल्लेख गर्दै यो भाइरसलाई खेलाँची नगर्न र जति सकिन्छ कोरोनाबाट सतर्क रहन आग्रह समेत गरेका छन् ।