जिल्ला प्रशासन कार्यालय दाङले सार्वजनिक सूचना जारी गदै कोरोना सावधानी अपनाउन आग्रह गरेको छ । कार्यालयले बुधवार एक सार्वजनिक सुचना जारी गदै कोरोना माहामारीको संक्रमण बढ्दै गइरहेको भन्दै सचेत रहन सबैमा अपिल गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले जारी गरेको सूचनामा घोराही र तुलसीपुर क्षेत्रका सम्पुर्ण शैक्षिक संस्थाहरु बैशाख मसान्त सम्म बन्द गर्न भनिएको छ । यो अवधीमा वैकल्पिक शिक्षण सिकाई मार्फत पठन–पाठन गराउन भनिएको छ ।
त्यस्तैगरी मानिसहरुको भिडभाड हुने सिनेमाहल, पाटी प्यालेस, बार,डान्स, मेला ,महोत्सव, हाट बजार, लगाएतका भिडभाड स्थल बैशाख सम्म बन्द गर्ने, सार्वजनिक सवारी साधनमा सिट क्षमता भन्दा बढि यात्रु नराख्ने, गाडीमा यात्रा गर्दा अनिवार्य मास्क प्रयोग गर्ने, लगाएतका सुरक्षाका मापदण्ड पालना गर्ने , सरकारी तथा गैर सरकारी कार्यालयमा सेनिटाइजर र मास्क प्रयोग गर्ने लगाएतका विषयमा पालना गर्न अपिल गरिएको छ ।