चितुवाको छालासहित दुई जना पक्राउ

Crime

प्रहरीले बाजुराबाट चितुवाको छालासहित दुई जनालाई पक्राउ गरेको छ। त्रिवेणी नगरपालिका–९ पैमाको खोया लेकबाट जंगली जनावर चितुवाको छालासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सोही नगरपालिका–९ का मोतीसिंह थापा र तुला सार्की रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक मदनजीत महराले जानकारी दिए।

महराका अनुसार खोया लेकमा चितुवाको छाला,हड्डी र दाँत बिक्री गर्न लागेको सुचनाका आधार जिल्लाबाट खटिएको प्रहरीको टोलीले उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ परेका दुबै जनालाई थप अनुसन्धानका लागि जिल्ला सदरमुकाम ल्याइएको प्रहरीले जनाएको छ। उनीहरुलाई वन्यजन्तु चोरी सिकारी ऐन अनुसार मुद्दा चलाउने प्रहरीले जनाएको छ।