पूर्व निर्धारित सबै परिक्षाहरु स्थगित गर्ने सरकारको निर्णय

Health-Education

सरकारले पूर्व निर्धारित सबै प्रकारका परिक्षाहरु अर्को आदेश नभएसम्मका लागि स्थगित गरेको छ । आइतबार बसेको कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्र निर्देशक समितिको बैठकले पूर्व निर्धारित सबै प्रकारका परिक्षाहरु अर्को आदेश नभएसम्मको लागि स्थगित गर्ने निर्णय गरेको हो ।बैठकले देशभरका विद्यालय तथा शिक्षालयमा भौतिक उपस्थिति नभई भर्चुअल र वैकल्पिक माध्यमबाट पठन पाठन जारी राख्ने निर्णय पनि गरेको छ