प्रहरीको छड्के चेकिङ, १४ सय ९३ जना होल्डिङ सेन्टरमा

News

सरकारले काठमाडौं उपत्यकामा बिहीवार देखि लागू हुनेगरी निषेधाज्ञा जारी गरेपछि सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, यात्रुले अनिवार्य मास्क लगाउनुपर्ने, स्वास्थ्य मापदण्ड पालना गर्दै स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने व्यवस्था गरेको छ ।

प्रहरीले मास्क नलगाई हिंडनेलाई होल्डिङ क्षेत्रमा राख्ने गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले लोकपथलाई बताए ।

“काठमाडौंमा मात्रै ८५ वठा होल्डङ सेन्टर बनाएका छौं, आज (मंगलवार) मास्क नलगाएकै कारण १४ सय ९३ जनालाई होल्डङ सेन्टरमा राख्यौं ।” एसपी बस्नेतले बताए ।