पूर्व रानी कोमललाई प्लाज्मा थेरापीबाट उपचार गर्ने तयारी

News

काठमाडौं : कोरोना भाइरस संक्रमण भएपछि नर्भिक अस्पतालको आइसियुमा उपचार गराइरहेकी पूर्वरानी कोमल राज्यलक्ष्मी शाहलाई प्लाज्मा थेरापीबाट उपचार गर्ने तयारी गरिएको छ।

अस्पताल स्रोतका अनुसार हाल उनको  लागि प्लाज्माको खोजी भइरहेको बताइएको छ। हाल उनलाई अक्सिजनको मात्रा कम देखिएपछि आइसियुमा राखेर उपचार भइरहेको छ। उनलाई हाइफ्लोमा अक्सिजन दिइरहेको विहान अस्पतालले विज्ञप्ति जारी गरी जनाएको थियाे।

कोरोना संक्रमण पुष्टि भएपछि पूर्वराजा ज्ञानेन्द्र शाह, उनकी पत्नी कोमल र छोरी प्रेरणाको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ।