नेपाली क्रिकेटर गौतम अष्ट्रेलियाको ‘बीपीएल’मा अनुबन्ध

Sports

काठमाडौं, १६ वैशाख : अष्ट्रेलियामा रहेका नेपाली क्रिकेटर सुनम गौतम ब्रिसबेन प्रिमियर लिग (बीपीएल)मा अनुबन्ध भएका छन् ।

उनी ५० हजार अष्ट्रेलियन डलरमा लिग खेल्न अनुबन्ध भएका हुन् ।

सुनम बेसाइड पाईरेट्समा अनुबन्ध भएका हुन् । गौतमसॅंगै यस लिगमा अन्य चर्चित क्रिकेटरहरूले पनि खेल्दैछन् ।

यो लिग आगामी अगस्टमा हुनेछ । सुनमको टिम बेसाइड पाईरेट्समा एन्ड्रु माइकल, नाथन मुरे, प्याट्रिक ग्याब्रियल डुले, जोश हेन्डरसन, ट्रेन्ट किप जस्ता खेलाडी रहेका छन् । सुनमले अष्ट्रेलियाको घरेलु क्रिकेटमा २ सयभन्दा बढी म्याच खेलिसकेका छन् । जसमा उनले ५ हजारभन्दा बढी रन बनाउनुका साथै २ सय ४९ भन्दा बढी विकेट लिएका छन् । उनको सर्वाधिक स्कोर १८७ रन हो । त्यस्तै, सुमनको उत्कृस्ट बलिङ १४ रन दिएर ६ विकेट लिनु हो । उनले नेपालका लागि उमेर समूहमा देशको प्रतिनिधित्व गरिसकेका छन् ।