गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दिए राजीनामा

Politics

गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज (आइतबार) पदबाट राजीनामा दिएका छन्।

गुरुङले राजीनामा प्रदेश प्रमुख सीता पौडेललाई बझाएका छन्। मुख्यमन्त्री गुरुङले नेपालको संविधानको धारा १६९ को उपधारा १ (क) बमोजिम आफ्नो राजिनामा दिउँसो प्रदेश प्रमुख पौडेललाई बुझाएका छन्।

गुरुङमाथि प्रदेशसभामा अविश्वास प्रस्ताव पेस भएपछि उनले राजीनामा दिएका हुन्। उक्त प्रस्तावमाथि सोमबार मतदान हुने कार्यसूची थियो।