ओली पक्षमा ९३ मत, विपक्षमा १२४

Politics

प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभाबाट विश्वासको मत लिन असफल भएका छन् । ओलीले प्रतिनिधि सभामा विश्वासको मत लिनका लागि आज प्रतिनिधि सभाको विशेष अधिवेशन बोलाइएको थियो ।

ओलीले विश्वासको मत लिने प्रयोजनका लागि भएको मतदानमा ओलीको पक्षमा ९३ मत परेको छ भने ओलीको बिपक्षमा १२४मत परेको छ । भने मत दिन्न भन्नेमा १५ मत परेको छ । आज कुल २३२ मत परेको थियो ।

ओलीले आफ्नै पार्टी नेकपा एमालेका सांसदहरुको समेत सवै मत पाउन सकेनन् । ओलीले विश्वासको मत लिने बेला एमालेकै २२ जना सांसद अनुपश्थित रहेका थिए ।

योसँगै प्रधानमन्त्री ओली अल्पमतमा परेका छन् । ओलीले संसदबाट विश्वासको मत नपाएपछि उनले चाल्ने संभावित कदमबारे सर्वत्र चासो बढेको छ ।