नेकपा माओवादी केन्द्रले नेतृत्व गरिरहेको सुदूरपश्चिम प्रदेश सरकारको भविष्य सँकटमा परेको छ । लामो समयको रस्साकस्सीपछि एमालेका दुई पक्ष एक ठाउँमा आएसँगै माओवादी केन्द्र नेतृत्वको सरकार सँकटमा परेको हो ।
विभाजनतिर उन्मुख रहेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालपक्ष पार्टी एकता कायम गर्दै सहमतिको साथ अघि बढ्ने मिलन बिन्दुमा पुगेपछि प्रदेशको राजनीति समेत प्रभावित बन्ने देखिएको छ ।
नेकपा एमालेले माओवादी केन्द्रलाई दिएको समर्थन फिर्ता लिईसकेको जनाएको छ । अब आफ्नै नेतृत्वमा सरकार गठन गर्ने बताउदै नेकपा एमाले सुदूरपश्चिमका सचिव राजेन्द्र रावलले एमालेले प्रदेश सरकारको नेतृत्व गर्ने उपयुक्त समय आएको बताएका छन् । यसको आवश्यक गृहकार्य थालिएको समेत उनले बताए ।
‘कोभिड महामारीका बेला प्रदेश सरकारले प्रभावकारी रुपमा काम गर्न सकेको देखिएन’ रावलले भने, ‘अब सरकारको विकल्प खोज्नुपर्ने देखिन्छ । हामीले एक महीना पहिले नै सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरिसकेको छौं । त्यो निर्णय कार्यान्वयनको दिशामा जान्छ । हाम्रै नेतृत्वमा सरकार बन्छ ।’
मुख्यमन्त्री त्रिलोचन भट्टको नेतृत्वमा रहेको प्रदेश सरकारमा अहिले माओवादी केन्द्रका एक र नेकपा एमालेका तीनजना मन्त्री छन् । एमालेबाट आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाह, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्ट र सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी छन् । उनीहरू सबै एमालेको माधव नेपाल खेमाका हुन् ।
सुदूरपश्चिम प्रदेश सभामा नेकपा एमाले २५ सिटसहित अहिले सबैभन्दा ठूलो दल छ । माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२ र जनता समाजवादी पार्टीका २ जना प्रदेश सभा सदस्य छन् । माओवादी केन्द्रका १४ जना प्रदेश सभा सदस्य रहेकोमा तत्कालीन आर्थिक मामिला तथा योजना मन्त्री एमालेमा प्रवेश गरेपछि कारबाहीमा परेर पदमुक्त भएका थिए । प्रदेश सरकार गठन गर्न २७ जना प्रदेश सभा सदस्यको समर्थन चाहिन्छ ।
अहिलेको अवस्थामा एमालेलाई सरकार बनाउन थप २ जना प्रदेश सभा सदस्य आवश्यक पर्छन् । एमालेलाई जसपाका दुईजना सांसदले समर्थन गर्ने बित्तिकै एमालेको सरकार बन्ने सम्भावना बलियो छ ।
तर जसपा संसदीय दलकी नेता मालामती कुमारी रानाले केन्द्रमा जस्तै प्रदेशमा पनि पार्टीको भूमिका सरकार बनाउने र गिराउने नरहेको बताइन् । ‘अहिलेसम्म सरकारमा जाने वा समर्थन गर्ने सोच बनाइसकेका छैनौं’ रानाले भनिन्, ‘माननीय रेशम चौधरीको रिहाइ लगायतका हाम्रा थुप्रै माग र मुद्दाहरु छन् । ती सम्बोधन भए सोच्न सकिन्छ ।’
जनता समाजवादी पार्टीका दुवै जना सांसद पूर्व राजपा अर्थात् महन्थ ९राजेन्द्र पक्ष०का भएका कारण प्रदेशमा एमालेको सरकार बन्ने सम्भावना निकै बलियो छ।
एमालेका हाल मुख्य सचेतक रहेका तारा लामा तामाङ या आन्तरिक मामिलामन्त्री समेत रहेका संसदीय दलका नेता प्रकाश शाह मुख्यमन्त्री बन्ने सम्भावना छ ।
जनजाति पृष्ठभूमि र प्रदेशमै सिनियर नेतामध्ये पर्ने भएकाले तामाङको सम्भावना बढी छ । उनी यसअघि कञ्चनपुरको एमालेको निर्वाचित जिल्ला अध्यक्ष थिए । तामाङ र शाह भीम रावल निकट सांसद हुन् । यस्तै अर्का सांसद दीर्घ सोडारी पनि मुख्यमन्त्रीका लागि दौडमा छन् । ओली पक्षबाट मुख्यमन्त्री बने पूर्वभौतिक पूर्वाधार मन्त्रीसमेत रहेका पठानसिंह बोहराको सम्भावना बलियो देखिन्छ ।
माओवादी केन्द्रका वर्तमान मुख्यमन्त्री त्रिलोचन भट्टलाई हटाएर एमालेको सरकार गठन गर्न केन्द्रको निर्णय पर्खिरहेको एमालेका सांसदहरूले बताएका छन् ।
मुख्यमन्त्री भट्टले पदबाट निलम्बन गरेका पूर्वभौतिक पूर्वाधार मन्त्री एंव एमाले सांसद पठानसिंह बोहराले अब अहिलेको सरकार परिवर्तन हुने बताए । उनले भने,‘यो सरकार हिजो एक परिस्थितिमा बनेको थियो । अहिले फरक परिस्थिति छ । संसदमा ठूलो दल एमालेको सरकार गठनका लागि काम हुन्छ,’ एमाले सांसदहरूले सरकार गठनबारे केन्द्रको निर्णय कुरेको उनको भनाई छ ।
माधव नेपाल पक्षका सांसद तारा लामा तामाङले केन्द्रले जे भन्छ त्यही हुने बताए । उनले भने,‘अहिले कोरोनासँग कसरी लड्ने भन्ने नै मुख्य विषय छ, सरकारबारे केन्दमा जे हुन्छ यहाँ पनि त्यही हुने हो ।’ नेकपा एमालेमा देखिएको विवाद समाधानतिर गएपछि प्रदेशमा त्यसको प्रभाव परेको हो । एमालेमा एकता कायम रहे सुदूरप्रदेशमा उसको