देउवालाई प्रधानमन्त्री दाबी गरिएको पत्र शीतल निवासमा दर्ता

Politics

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री दाबी गर्दै विपक्षी गठबन्धनका नेताहरूले राष्ट्रपति कार्यालय शीतल निवासमा पत्र दर्ता गरेका छन् ।  राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकारको लागि दिएको म्याद सकिन १० मिनेट बाँकी हुँदा नेताहरूले  १४९ सांसदको हस्ताक्षरसहित पत्र दर्ता गरेका हुन् । पत्र दर्ता भएको नेपाली कांग्रेसका नेता दिलेन्द्र बडूले इकागलजलाई जानकारी दिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले ७६(५) अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्न संसदको बहुमत प्राप्त गर्ने आधार प्रस्तुत गर्न साँझ ५ बजेसम्मको समय दिएकी छन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, एमाले (खनाल–नेपाल पक्ष), जसपा (भट्टराई–यादव पक्ष) गरेर १४९ सांसदको हस्ताक्षर लिएर नेताहरु शीतल निवास गएका हुन् ।