
नाका बन्द रहेको अवस्थामा कसरी भारतीय नेपाल आए ? स्थानीय प्रशासन समेत बन्द रहेको अवस्थामा यस्तो अफवाह फैलाउने भन्दै प्रश्न प्रतिप्रश्न ओईरिएपछि र सामाजिक सञ्जालमा भ्रम फिजाउने काम गरेको भन्दै चर्को आलोचना भएपछि नेता रावलले उक्त ट्वीट हटाएर अर्को एक ट्वीट गरेका थिए ।

यसपछि प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार थापाले रावलको झूठ प्रचारबाजी धेरै टिक्न नपाएको बताएका हुन् ।
थापाले ट्वीटरमा लेखेका छन्, ‘भीम रावल पिएचडीको झूठ प्रचारबाजी र दुनियाँ भड्काउने कोसिश धेरै टिक्न पाएन यिनले राष्ट्रवादी कहलिन कतिसम्म गर्छन् भन्ने स्पष्ट नै छ । अझ सरकारले जवाफ देओस भन्ने यिनले कहिले लेखेका रहेछन् ? नक्कली अभिनय र भ्रमको पर्दा यसरी स्वत: च्यातिँदै छ। गोयवल्स सिद्धान्तको अभ्यास !
