लगातारको बर्षाका कारण मेलम्ची खानेपानीको मुहानमा बाढी पसेको छ । मेलम्ची नदीमा मंगलबार साँझ आएको बाढी मेलम्ची खानेपानी आयोजनामा पसेको छ । आयोजनाभित्र बाढी पसेकाले क्षतिको विवरण कति भएको छ भन्न नसकिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हेलम्बु हुँदै आएको बाढीले ईन्द्रावती करिडोरमा ठूलो क्षति भएको हुनसक्ने अनुमान गरिएको छ । बाढीमा ६ जना बेपत्ता भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मेलम्ची आयोजनाको काम गर्ने व्यक्तिहरु बस्ने चाईनिज क्याम्पमा समेत बाढी पसिसकेको छ । मेलम्चीको बहाव अत्यधिक बढेकोले जनधनको क्षति हुनसक्ने अनुमान गरेको छ ।
बिस्तृत विवरण आउन बाँकी छ ।