सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जा–पोखरा सडकखण्डको कुभिण्डेमा खसेको पहिरो हटाएपछि राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालयको प्रयासपछि सडक एकतर्फी रूपमा सञ्चलनमा ल्याएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिनुभयो । फेदीखोला गाउँपालिका १ कुभिण्डेमा माथिबाट ढुगांसहितको ठूलो पहिरो खस्दा याातायात अवरुद्ध भएको थियो ।