लप्ची क्षेत्रबाट २२ जनाको उद्धार

News

जिल्लाको बिगु गाउँपालिका १ लप्ची क्षेत्रबाट लामाबगर फर्किदै गरेका २२ जनालाई उद्धार गरिएको छ । नेपाली सेना र नेपाल प्रहरीको संयुक्त प्रयासका आज उनीहरुलाई उद्धार गरिएको हो ।

बिगु गाउँपालिकाका उपाध्यक्ष सजिव ओलीको अगुवाईका डोरीको साहायताले उनीहरुको उद्धार गरेको इलाका प्रहरी कार्यालय सिंगटीका प्रहरी निरीक्षक सुशील केसीले बताउनुभयो । उहाँले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनको ड्याम साइटको माथिल्लो भागमा आउने छाँगोबाट आउन नसकेपछि १२ पुरुष र १० महिलाको डोरी लगाएर उद्धार गरिएको जानकारी दिनुभयो ।