इङ्ल्यान्डको साउथह्याम्पटनस्थित ‘दि रोज बल’मा जुन १८ देखि जुन २२ सम्म खेलिने विश्व टेस्ट च्याम्पियनशिप फाइनलमा भारत र न्युजिल्यान्ड बिच प्रतिस्पर्धा हुन लागेको हो।
दुई वर्षसम्म चलेको विश्व टेस्ट च्याम्पियनसिपका शीर्ष दुई टोली बन्दै न्युजिल्यान्ड र भारत फाइनल प्रवेश गरेका हुन्। यसैबिच भारतले भोलिबाट शुरू हुने खेलको लागि आफ्नो शुरुवाती ११ सार्वजनिक गरेको छ।

भारतका लागि ओपनरद्वय रोहित शर्मा र शुबमन् गील हुनेछन् भने मिडल अर्डर चेतेश्वर पुजारा, कप्तान विराट कोहली र अजिंक्या रहानेले सम्हाल्नेछन्।
त्यस्तै विकेट किपरको भुमिकामा रिशभ पन्त खेल्ने छन् भने दुई स्पिनरकारूपमा रवि आश्विन र रवीन्द्र जडेजा शुरुवाती ११ मा परेका छन्। तिब्र गतिको बालिङको जिम्मेवारी भारतका तीन अनुभवी बलरलाई दिइएको छ। जस्प्रित बुमराह, मोहम्मद शमी र इशान्त शर्माले भारतको प्रमुख तिब्र गति बलिङ सम्हाल्नेछन्।

भारतले आफ्नो शुरुवाती ११ सार्वजनिक गर्दा ४ खेलाडीले भने टोलीमा स्थान बनाउन असफल भएका छन्। ती मध्ये तिब्र गतिका बलर मोहम्मद सिराजको अनुपस्थितिमा धेरै प्रश्न चिन्ह उठेको छ। त्यस्तै विकेट किपर ऋद्धिमान शाह, अल राउन्डर हनुमा बिहारी र अर्का तिब्र गतिका बलर उमेश यादवले पनि टिममा स्थान बनाउन सकेनन्।
न्युजिल्यान्डविरुद्ध भारतको शुरुवाती ११
