शेयर बजारमा उछाल

Economy

कारोबारको पहिलो दिन आइतवार नेप्से परिसूचक ७३.३३ अंकले उकालो लागेर २८९८.४३ अंकमा पुगेर बन्द भएको छ।

आइतवार कारोबारमा आएका २२५ ओटा कम्पनीले ८२ हजार ४९ पटकको कारोबारमा ३ करोड १५ लाख ८८ हजार ८ सय ५० कित्ता शेयरको रू ८ अर्ब ६१ करोड ३८ लाख बराबरको कारोबार गरेका छन्।

आज एन आईसी एसिया बैकको सार्वधिक कारोबार भएको छ । उक्त कम्पनीको रू ४० करोड ३७ लाख बराबरको शेयर कारोबार भएको छ । त्यस्तै दोस्रोमा नेबिल बैकको २५ करोड ८४ लाख बराबरको कारोबार भएको हो ।
आज २१६ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये १७८ कम्पनीको शेयरमूल्य बढेको छ भने ४ कम्पनीको शेयरमूल्य घटेको छ ।

ब्रेकरहरु मध्यमा ब्रेकर नम्बर ५८ ले मात्रै ९२ करोड ९३ लाख बराबरको शेयर कारोबर गरेको छ भने ब्रोकर नम्बर ४२ ले ८० करोड ११ लाखको कारोबर गरेको छ ।

आज तीन कम्पनीको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ । गोर्खाज फाइनान्स, श्री इन्भेष्टमेण्ट फाइनान्स र आइसि एफसि फाइनान्सको शेयरमुल्य १० प्रतिशतले बढेको छ ।

त्यस्तै अरु २ वटा कम्पनीमा नकारात्मक र्सिर्कटको छ । राष्टिृय विमा कम्पनी लिमिटेड प्रमोटरको ४ प्रतिशत र कर्पोरेट विकास बैक लिमिटेडको ३ प्रतिशत शेयर मूल्यमा ओरालो लागेको छ ।