अघिल्ला दुई कारोबार दिन उच्च अंकले बढेको नेप्सेमा सोमबार ४५.०६ अंकको गिरावट आएको छ । यो गिरावटसँगै समग्र नेप्से २ हजार ८ सय ५४.७६ विन्दुमा बन्द भएको छ । आइतबार नेप्से ७५ अंकले बढेर २ हजार ८ सय २४.९० विन्दुमा पुगेर बन्द भएको थियो । सो दिन कारोबारमा आएकामध्ये सामूहिक लगानी कोष बाहेक सबै उपसमूहको परिसूचक घटेपछि समग्र नेप्सेमा दबाब परेको थियो । सोमबार करिब ९२ हजार २ सय कारोबारबाट २ सय ९ कम्पनीका २ करोड ६० लख २१ हजार १ सय ४ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ९ अर्ब ९८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि बढी हो । आइतबार करिब ८२ हजार कारोबारबाट २ सय २५ कम्पनीका ३ करोड १५ लख ८८ हजार ८ सय ५० कित्ता सेयर किनबेच भएका थिए । ती किनबेचमा ८ अर्ब ६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
नेप्से घटेपछि सेयर बजारको आकार कुल बजार पुँजीकरण पनि ३९ खर्ब ७१ अर्ब रुपैयाँमा सीमित भएको छ । आइतबार बजार बन्द हुँदा यस्तो पुँजीकरण ४० खर्ब ३३ अर्ब रुपैयाँ थियो ।