बलिउड अभिनेत्री सारा अली खान सामाजिक सञ्जालमा सधै चर्चामा रहिरहन्छिन् । उनको व्यक्तिगत जीवनमा पनि उनी आफ्नो भाई र साथीसँग मस्ती गरेको बेला बेला चर्चामा आइरहने गरेको छ । १७ जुलाईमा परेको वोल्ड इमोजीका दिन साराले विभिन्न इमोजी जस्तो अनुहार बनाएर भिडियो अपलोड गरेकी छिन् । इमोजीको कलरसँग उनले आफ्नो कपडा पनि म्याच गराएकी छिन् ।