कक्षा १२ को परीक्षा साउन ३१ गतेबाट, ‘होम सेन्टर’ बाटै परीक्षा दिन पाईने

Health-Education

कक्षा – १२ को अन्तिम वार्षिक परीक्षा साउन ३१ गते आइतवारबाट हुने भएको छ ।  राष्ट्रिय परीक्षा बोर्डको निर्णय अनुसार ३१ साउन बिहान ११ बजेबाट २ बजेसम्म हुनेछ ।

परीक्षा भदौ ९ गतेसम्म सञ्चालन हुनेछ।  विद्यार्थीहरूले होम सेन्टर (आफ्नै विद्यालय) बाट परीक्षा दिन पाउने छन् । कोरोनाको जोखिम कायमै रहेको अवस्थामा गर्न लागिएको परीक्षा भौतिक दूरी कायम राख्दै स्वास्थ्य सुरक्षाको उपाय अपनाउँदै लिने व्यवस्था मिलाउन समेत बोर्डले निर्देशन दिएको छ।

परीक्षामा देशभरका ३ लाख ७७ हजार विद्यार्थीहरू सहभागी हुनेछन्।