राज कुन्द्रा जेलमा , तनावमा शिल्पा : परिवारलाई छोडेर शमिताको भने बिग बोसमा इन्ट्री

Entertainment

बलिउड एक्ट्रेस शमिता शेट्टीले बिग बोसमा धमाकेदार इन्ट्री लिएकी छिन् । परिवारमा चुलिएको संकटका बीच शमिता बिग बोसमा देखा परेकी हुन् । शमिताको भिनाजु एवं बलिउड अभिनेत्री शिल्पा शेट्टीका श्रीमान् हाल प्रहरी हिरासतमा रहेका छन् । यस्तो मुस्किल अवस्थामा परिवारलाई छोडेर उनी किन बिग बोसमा आइन् भनेर चर्चा हुन थालेको छ ।

बिग बोसमा शमिताले के भनिन् ?

बिग बोसमा शमिताले भनिन् – ‘समय चाहे जस्तोसुकै होस् जसरी हामी सास फेर्न छोड्दैनौँ त्यसैगरी काम पनि किन छोड्ने ? बिग बोसमा मेरो कन्टेन्टमा काम भइसकेको छ अब यसरी बीचमा छोड्न सकिनँ ।’