क्यानडा । क्यानडाले तालिबानका कारण अफगानिस्तानबाट पलायन भएकालाई सहयोग गर्ने घोषणा गरेको छ। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले ट्वीट गर्दै अफगानिस्तानी नागरिकको जीवन खतरामा रहेको भन्दै उनीहरुको पुनर्स्थापनाका लागि ‘रिसेटलमेन्ट प्रोग्राम’ को घोषणा गरेका हुन्। यस योजना अन्तर्गत ट्रुडोले २० हजार अफगानी नागरिकलाई शरण दिने घोषणा समेत गरेका छन्। यस अन्तर्गत अफगानिस्तानमा क्यानडाका लागि काम गर्नेहरु लाभान्वित हुने बताइएको छ।
क्यानडा सरकारले यसअघि लागू स्पेशल इमिग्रेशन प्रोगाम पनि जारी रहनेछ।