काबुल छिर्न थाले तालिबानी लडाकुहरु

International

काठमाडौं । अफगानिस्तानमा तालिबान लडाकुहरू राजधानी काबुल छिर्न सुरु गरेका छन्। समाचारसंस्था रोएटर्सले त्यहाका आन्तरिक मामिलामन्त्रीलाई उद्धत गर्दै जनाएअनुसार लडाकुहरू राजधानीको सबैतिरबाट छिर्न थालेका हुन्। तालिबान समूहले काबुलमा हिंसा नगर्न र बाहिरिन चाहनेलाई सुरक्षित रूपमा निस्कन दिन आफ्ना लडाकुहरूलाई निर्देशन दिएको दोहास्थित एक नेतालाई उद्धृत गर्दै रोएटर्सले जनाएको छ। उनले सुरक्षा दिइएका क्षेत्रतर्फ जान महिलाहरूलाई आग्रह समेत गरेका छन्। आइतबार बिहान मात्रै लडाकुहरूले पूर्वी सहर जलालाबादलाई बिनासङ्घर्ष नियन्त्रणमा लिएका थिए। काबुल छिर्ने क्रममा तालिबान लडाकुहरूले ठूला प्रतिरोधको सामना गरिरहनु नपरेको बताइएको छ ।