अफगानिस्तानमा १० वर्ष माथिका बालिकालाई स्कुल जान रोकिने

International

अफगानिस्तानमा १० वर्ष माथिका बालिकालाई स्कुल जान रोकिनेअफगानिस्तानमा हालै मात्रै सत्ता कब्जा गरेका तालिवान विद्रोहीले महिलाको अधिकार इस्लामिक कानुन बमोजिम हुने बताएका छन् ।

अफगानिस्तानमा सत्ता कब्जा गरेपछि पहिलोपटक आयोजना गरिएको पत्रकार सम्मेलनमा तालिवान प्रवक्ताले महिलाहरु काम गर्न स्वतन्त्र रहेका तर उनीहरुले केही नियम र प्रतिबन्धात्मक व्यवस्थाको भने पालना गर्नुपर्ने बताएका छन् ।

पत्रकार सम्मेलनमा प्रवक्ता जबिहुल्ला मुजाहिद सबै अफगानीहरु इस्लामको रुपरेखाभित्र रहनुपर्ने दोहोर्‍याएका छन् ।

अब अफगानिस्तानमा महिलाहरुले पूरै शरीर ढाक्ने गरी बुर्का लगाउनुपर्नेछ । साथै तालिवानहरुले १० वर्षभन्दा माथिको उमेरका बालिकाहरुलाई विद्यालय जान नदिने घोषणा गरेको छ ।

पत्रकार सम्मेलनमा थुप्रै अन्तर्राष्ट्रिय सञ्चार माध्यमका प्रतिनिधिहरुले महिलाको अधिकारका विषयमा प्रश्न उठाएपछि तालिवनान प्रवक्ताले आफ्नो धारणा राखेका हुन् । तालिवानले महिलालाई काम गर्न र अध्ययन गर्न दिने तर आफ्नै संरचनाभित्र रहेर उनीहरुले सो छुट पाउने बताएका छन् ।-