रेल्वे कम्पनीको महाप्रबन्धकमा निरन्जन झा नियुक्त

News

सरकारले नेपाल रेल्वे कम्पनीको महाप्रबन्धकमा निरन्जन झालाई नियुक्त गरेको छ ।बिहीवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले झालाई रेल्वे कम्पनीको महाप्रबन्धकमा नियुक्त गरेको हो ।

उनी नवगठित नेकपा एमाले (समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल निकट हुन् । यस अघिका महाप्रबन्धक गुरु भट्टराईलाई सरकारले स्पष्टीकरण सोधेपछि उनले पदबाट राजिनामा दिएका थिए ।