काठमाडौं । बुधबार प्रतिनिधि सभाको बैठक बस्दैछ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदका दुवै सदनको बैठक बोलाउन राष्ट्रपति समक्ष आह्वान गरेको थियो । सोही अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरे अनुसार भोलि बैठक बस्न लागेको हो । बुधबारको बैठकका लागि संघीय संसद सचिवालयले कार्यसूची तय गरेको छ ।
भोलिको बैठकमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन अन्त्यको पत्र पढेर सुनाउने, गृहमन्त्रीले राजनीतिक दलसम्बन्धी अध्यादेश पढेर सुनाउने लगायत शोक वक्तव्य पढेर सुनाउने कार्यक्रम समेत रहेको छ ।
